इजरायली सेनाको गोलीबाट अल जजिराकी पत्रकार मारिइन्

वेस्ट बैंक । प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंकमा बुधबार बिहान एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले पत्रकारको मृत्यु पुष्टि गरेको छ ।
अल जजिराका लागि काम गर्ने महिला पत्रकार अबु अक्लेहको अनुहारमा गोली लागेको थियो । गोली लाग्नेबित्तिकै उनको मृत्यु भएको हो ।
जानकारीका अनुसार इजरायली सेनाले उत्तरी वेस्ट बैंकको जेनिन सहरमा आक्रमण गरेको थियो । सो क्रममा सेनाको गोली अक्लेहलाई लागेको थियो । इजरायली सेनामाथि पत्रकार अक्लेहको हत्या गरेको आरोप लगाइएको छ । सोही क्रममा सेनाले जारी गरेको विज्ञप्ति अनुसार बुधबार संदिग्ध र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो ।
Israeli occupation forces assassinated our beloved journalist Shireen Abu Akleh while covering their brutality in Jenin this morning. Shireen was most prominent Palestinian journalist and a close friend. Now we will hear the “concerns” of the UK govt & the international community pic.twitter.com/M6lKTbceHJ
— Husam Zomlot (@hzomlot) May 11, 2022
सेनाले भने प्यालेस्टिनीको गोली लागेर पत्रकार मारिएको हुनसक्ने अनुमान गरेको छ । इजरायली सेनाले यस विषयमा अनुसन्धान गरिरहेको छ । अक्लेहको ट्वीटर प्रोफाइलका अनुसार उनले विगत १५ वर्षदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे रिपोर्टिङ गरिरहेकी थिइन् । उनी ५१ वर्षकी थिइन् ।
गोलीबारीमा जेरुसेलमको अल कुड्स पत्रिकाका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि घाइते भएका छन् । प्यालेस्टिनी पत्रकारको अवस्था स्थिर रहेको बताइएको छ ।
अलजजिराले एक विज्ञप्ति जारी गर्दै इजरायली सेनालाई हत्या गरेको आरोप लगाएको छ । अलजजिराले सेनाले जानाजानी पत्रकारहरूलाई निशाना बनाएको र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरिरहेको बताएको छ । यसका साथै हत्याका लागि सेनालाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
ताजा अपडेट
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
-
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
-
मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन
-
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
प्रतिक्रिया