राष्ट्र बैंकले जेठ १ गतेदेखि हप्ताको दुई दिन विदा दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले हप्ताको दुई दिन विदा दिने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आइतबार र शनिबार बैंक विदा गर्ने जानकारी गराएको हो ।
सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार विदा दिने निर्णय गरे सँगै बैकले सोही अनुसार निर्णय गरेको हाे ।
बैंकले आफ्ना मातहतका सम्पूर्ण विभाग, महाशाखा कार्यालय तथा इकाईहरुमा विदा गर्ने निर्णय जनाएको छ ।
बैंकले सोमबार देखि शुक्रबारसम्म बिहान साढे नौ बजेबाट साढे पाँच बजेसम्म कार्यालय खुल्ने सूचनामा उल्लेख गरेको छ ।
हेरौ सूचना

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया