कुलमानको ट्वीटरबाट बालेनलाई भोट मागेपछि…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नामको फेक ट्वीटर ह्यान्डल बनाएर दुरुपयोग भइरहेको बताएका छन् । उनले आफ्नो आधिकारिक ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ह्यान्डल नभएको पनि विज्ञप्तिमार्फत् प्रष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘मेरो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत् स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएकाले यस्ता नक्कली खाताबाट प्रवाहित सूचनाको भ्रममा नपर्न अनुरोध गर्छु ।’
स्वतन्त्र ब्यक्ति ।
स्वतन्त्र उमेदवार
एक भोट @ShahBalen ज्यु को लागि । pic.twitter.com/iHS4ZWG4RH— Kulman Ghising (@Kulmanghising2D) May 10, 2022
मंगलबार मात्रै कुलमानको नाम र फोटो राखिएको एउटा ट्वीटर खाताबाट काठमाडौंका मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा भोट मागिएको थियो । याे एकाउन्टमा १७ हजार फलाेअर्स छन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया