धर्मेन्द्र बास्तोलालाई किन लियो प्रहरीले नियन्त्रणमा ?
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलबाट हालै अलग भएर नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।
सुर्खेतस्थित घर जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान दाङको भालुबाङमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न भएकाले बास्तोलालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेपछि बास्तोलासहितका केही नेता विप्लवको दलबाट अलग भएर निर्वाचनविरोधी गतिविधि सञ्चालन गरिरहेका छन् ।
प्रहरीले सोधपुछ गरेर छाडेपछि बास्तोला पूर्वनिर्धारित कार्यक्रमअनुसार सुर्खेततर्फ लागेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया