पर्यटनमन्त्री आलेलाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै आयोगले उनीसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मन्त्री आलेले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको उजुरीपछि उनलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।
आलेमाथि चुनावी सभामा सहभागी बनेर पदीय मर्यादाविपरीत मत मागेको, विपक्षीमाथि निराधार आरोप लगाएर भाषण गरेको, मतदाता प्रभावित पार्न भोजभतेर र रकम बाँडेको आरोप छ । डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने भिडियो सम्प्रेषण गरेको उजुरी पनि आलेविरुद्ध निर्वाचन आयोगमा परेका थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया