आकाशमा पाइलट बेहोस भएपछि यात्रुले अवतरण गरे विमान

फ्लोरिडा । अमेरिकी राज्य फ्लोरिडाको आकाशमा उडिरहेको विमानका पाइलटको स्वास्थ्य अवस्था अचानक बिग्रिएर बेहोस भएपछि एक यात्रुले सकुशल अवतरण गरेका छन् । ती यात्रुलाई विमान कसरी चलाउने भन्ने बारे ज्ञान नभए पनि उनले ७० माइलसम्म विमान सुरक्षित रुपमा उडाएर अवतरण गरेका हुन् ।
यात्रुको परिचय गोप्य राखिएको छ । पाइलट बिरामी भएपछि ती यात्रुलाई एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमान अवतरण गराउन निर्देशन दिएको थियो ।
मंगलबार १४ सिटको सेस्ना कारभान विमान फ्लोरिडाको पाम विच अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० माइलको दुरीमा उत्तरमा उडिरहेको बेला पाइलट अचानक बिरामी परे र बेहोस भए । पाइलट बिरामी भएपछि यात्रुले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।
यात्रु र एटिसीबीचको वायरलेस अडियो सार्वजनिक भएको छ । यसमा यात्रुले, ‘म यहाँ गम्भीर अवस्थामा छु । पाइलट बिरामी भएका छन्’ भनेका थिए । यसपछि एटीसीले उनलाई विमान उडाउनेबारे सोध्दा उनले कहिल्यै पनि विमान नउडाएको र ककपिटमा समेत प्रवेश नगरेको जानकारी दिएका थिए ।
यति हुँदाहुँदै पनि एटिसीले उनलाई विमानको स्टेयरिङ सम्हाल्न भन्यो र उडान प्रशिक्षकले ती यात्रुलाई विमान उडाउन सिकाए । प्रशिक्षकले यात्रुलाई पखेटाको स्तर सन्तुलनमा राख्न मौखिक रूपमा सूचित गरे र समुद्रको किनार किनारै विमान चलाउन भनियो ।
उनलाई पाम बिच एयरपोर्टभन्दा करिब २५ माइल अगाडि एटिसीले पत्ता लगाएपछि अवतरण गराउने प्रक्रियाबारे जानकारी गराइयो । पाम बीच एयरपोर्टमा विमान अवतरणका लागि एटिसीले बाँकी विमानलाई आकाशमै रोकेको थियो ।
अमेरिकी उड्डयन विशेषज्ञ जोन नान्सले यसलाई पहिलो घटना भएको बताएका छन् । उनले भने, ‘उडानको अनुभव नभएका व्यक्तिले विमान (सेस्ना कारभान) अवतरण गरेको पहिलोपटक देखेको हुँ ।’
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया