रिभर फल्स पावरको आइपिओमा एक लाख बढीको आवेदन
काठमाडौं । बुधबार निष्काशित रिभर फल्स पावरको आइपिओमा एक लाख बढीको आवेदन परेको छ । बुधबार ५ बजेसम्ममा १ लाख ७ हजार ६३७ जना आवेदकबाट १३ करोड १७ लाख ४ हजार रुपैयाँ बराबरको १३ लाख १७ हजार ४० कित्ता सेयरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले बुधबारदेखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको छ । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।
उक्त सेयर कम्पनीले छिटोमा जेठ चार र ढिलोमा जेठ ११ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया