हिमालयन बैंकले जेठदेखि शनिबार र आइतबार पनि सेवा दिने
काठमाडौं । हिमालयन बैंकले जेठदेखि शनिबार र आइबार पनि सेवा दिने भएको छ ।
सरकारले जेठ १ गतेदेखि साताको दुई दिन विदा गर्ने निर्णय गरेपश्चात राष्ट्र बैंकले सोही अनुसार शनिबार र आइतबार बैंक बन्द गर्ने निर्णय गरेको थियो ।
तर बैंकले विभिन्न शाखामार्फत शनिबार र आइतबार पनि ग्राहकलाई सेवा दिने भएको हो । बैंकले ठमेल, पाटन, न्यूराेड, महाराजगञ्ज, भक्तपुर, विराटनगर,भरतपुर विरगञ्ज, भैरहवा, बुटवल, नेपालगञ्ज, धनगढी र पाेखरा शाखाबाट सेवा दिने भएकाे छ ।
बैंकले लगातार तीन दिन सार्वजनिक विदा भएमा बैंकिङ सेवाका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन लागु हुने जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया