सवारी दुर्घटनामा परी पूर्वमन्त्रीसहित १० जना घाइते
काठमाडौं । पूर्वसामान्य प्रशासनमन्त्री एवं माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत सवार गाडी दुर्घटना हुँदा उनीसहित १० जना घाइते भएका छन् ।
बिहीबार सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको नाअप ९४१ नम्बरको एम्बुलेन्ससँग तुलसीपुर–३ स्थित राणा गाउँमा ठोक्किएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
बस्नेतको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासन कार्यलयले जनाएको छ । अन्य घाइतेकाे नाम खुलेको छैन ।
ताजा अपडेट
-
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
प्रतिक्रिया