१५ स्थानमा मतदान स्थगित
काठमाडौँ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा अहिलेसम्म मतदान कार्य स्थगित भएको जनाएको छ ।
झडप, विवाद र मतदान केन्द्र तोडफोड जस्ता उच्छृङ्खल कार्य हुँदा १५ स्थानमा निर्वाचन स्थगित भएको हो ।
अहिलेसम्म रामेछापको शैलुङ, दोलखाको बैतेश्वर, हुम्ला, सप्तरी लगायतका ठाउँहरुका १५ निर्वाचन स्थलको निर्वाचन स्थगित भएको छ ।
यस्तै रौतहटको कटौवामा पनि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर चलाएको छ ।
यस्तै काभ्रेको चौंरीदेउरालीमा मतपेटिका नै तोडफोड भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया