उत्तर कोरियामा फैलियाे काेराेना भाइरस, एक संक्रमितको मृत्यु
प्योङयाङ । उत्तर कोरियामा एकजनामा कोभिड-१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ ।
उत्तर कोरियाले आफ्नो पहिलो कोभिड-१९ को मृत्युको पुष्टि गर्दै ज्वरो ‘विस्फोटक रूपमा’ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ ।
कोरोनाका एक संक्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो ।
सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलोपटक एक जनामा यो संक्रमण पाइएको जानकारी दिएको थियो ।
सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएका थिए ।
यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया