उत्तर कोरियामा फैलियाे काेराेना भाइरस, एक संक्रमितको मृत्यु

प्योङयाङ । उत्तर कोरियामा एकजनामा कोभिड-१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ ।
उत्तर कोरियाले आफ्नो पहिलो कोभिड-१९ को मृत्युको पुष्टि गर्दै ज्वरो ‘विस्फोटक रूपमा’ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ ।
कोरोनाका एक संक्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो ।
सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलोपटक एक जनामा यो संक्रमण पाइएको जानकारी दिएको थियो ।
सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएका थिए ।
यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।
प्रतिक्रिया