स्थगित भएको ७३ मतदान केन्द्रमा अर्को सूचनापछि मतदान हुने
काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र(जेइओसी)ले राति १० बजेसम्मको विबरण अनुसार ६४ प्रतिशत मतदान भएको बताएको छ ।
आयोगले आज निकालेको विज्ञप्तिमा देशभर १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७३ केन्द्रमा मतदान स्थगित भएको उल्लेख गरेको छ ।
स्थगित भएको पालिकामा मतदान अधिकृतले अर्को सूचना जारी गरी मतदान गर्ने उल्लेख छ । गण्डकी र लुम्बिनीमा सबै स्थानमा मतदान भएको जानकारी दियो ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया