कुनै पनि महानगरमा शुरु भएन मतगणना, यस्तो छ निर्णय

काठमाडौं । निर्वाचन सम्पन्न भएपछि अधिकाशं स्थानीय तहमा मतगणना शुरु भएको छ ।
तर ६ वटा महानगरमध्ये कुनै पनि महानगरमा मतगणना हुन सकेन ।
महानगरमा भएको सर्वदलीय बैठकले रातीबाटै मतगणना शुरु नगर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकामा शुरुमा राती १२ बजेबाट मतगणना शुरु गर्ने भनिएको थियो ।
तर सर्वदलिय बैठकले भोली विहान ८ बजेपछिबाट मात्रै मतगणना थाल्ने निर्णय गरेको छ ।
यस्तै भरतपुरमा पनि भोली विहान ८ बजेपछि मात्रै मतगणना हुने भएको छ । यस्तै पोखरा, ललितपुर महानगरमा पनि भोलीबाट मात्रै मतगणना शुरु गर्ने भएको छ ।
विराटनगरमा पनि भोली विहानबाट मात्रै मतगणना हुने भएको छ ।
प्रतिक्रिया