मनाङको ङिस्पाङ अध्यक्षमा एमाले र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौं । मनाङको ङिस्पाङ गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारको पल्लाभारी भएको छ ।
कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) लाई पराजित गर्दै एमालेका कान्छा घले त्यहाँ विजयी भएका हुन् ।
घलेले ८ सय ६१ मतका साथ जित सुनिश्चित गर्दा छिरिङ १ सय १३ मतमा सीमित भए ।
उपाध्यक्षमा छिरिङ गुरुङ विजयी भएका छन् । एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङसँग कांग्रेसका रिन्जेन धोर्जे पराजित भएका छन् । विजयी गुरुङले ७ सय ४४ र उनको निकटतमप्रतिद्वन्द्वी रिन्जेनले ७ सय १९ मत पाए ।
राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले भने मात्रै १ मत ल्याए ।
त्यसैगरी, गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा एमालेका मिङमर गुरुङ, वडा नं. २ मा कांग्रेसका खम्बा गुरुङ, वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार कृष्ण लामा, वडा नं. ४ मा एमालेका कमल गुरुङ, वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा र वडा नं. ६ मा एमालेका सोनाम गुरुङ विजयी भएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया