मनाङको चार पालिकामा एमाले र कांग्रेस बराबरी, कसले कति मत ल्याए ?
काठमाडौं । हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ्मा सबै स्थानीय तहको मतगणना सकिएको छ । चारवटा स्थानीय तह रहेको मनाङमा एमाले र कांग्रेसले २÷२ वटा पालिकामा विजयी भएको छ ।
एमालेले चामे र ङिस्पाङ गाउँपालिकामा जितेको छ । चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर लामाले ३०३ मत ल्यायी विजयी भए । मनाङको ङिस्पाङ गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार कान्छा घले निर्वाचित भएका छन् । घलेले ८ सय ६१ मतसहित विजयी भए ।
नार्सो र नार्पाभूमि गाउँपालिकामा कांग्रेसले पालिका प्रमुख जितेको छ । नार्सोमा कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ८२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४८ मत ल्याएका थिए । त्यस्तै मनाङकै नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर विजयी भएका हुन् ।
शुक्रबार सकिएको मतगणनामा ७५३ मध्ये मनाङको सबै पालिकामा मतगणना सकिएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङले जानकारी दिए । चामेमा ३ वडाध्यक्ष कांग्रेस र दुई वडामा एमाले विजयी भएका छन् । चार गाउँपालिकामा जम्मा २८ वडा रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया