बुटवल उपमहानगरपालिकामा ९०२ मतान्तरसहित कांग्रेसको अग्रता
काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर फराकिलो पार्दै लगेका छन् ।
प्रतिस्पर्धी एमालेलाई सुरुदेखि नै पछि पार्दै आएका पाण्डेले ६ हजार मत गणना हुँदा २ हजार २१४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बाबुराम भट्टराईले १ हजार ३१२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् । उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालले १ हजार ४८२ मतसहित अग्रता कायमै राखेकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १ हजार २८१ मत पाएका छन् । अहिले २ र १९ को मत गणना जारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया