अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु
न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । त्यहाँको सुपर मार्केटमा शनिबार दिउँसाे गोली चलाएका ती युवकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।
प्रहरीले गोली चलाउने युवकबारे केही विवरण सार्वजनिक गरेको छैन । आक्रमणलाई अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न ती युवकले क्यामराको प्रयोग गरेका थिए । यस घटनालाई एफबिआईले घृणा फैलाउने र जातीय रुपले प्रेरित हिंसा भनेको छ ।
आक्रमणबाट १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया