देउवाको घर भएको क्षेत्रमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार धिताल विजयी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन् । धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई हराउँदै ५ सय १२ मत ल्याएर विजयी भएका हुन् । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् ।
याे क्षेत्र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास रहेकाे क्षेत्र हाे ।
त्यसैगरी नेपाली कांग्रेसका नवराज भण्डारीले ३ सय १२, नेकपा एकीकृत समाजवादीका रवि श्रेष्ठले २ सय ७४ र राप्रपाका अशोक जिसीले ८३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसबाहेक वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा र वडा नम्बर २ मा एमालेका राजेन्द्र श्रेष्ठ विजयी भएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया