जुम्लाको कन्कासुन्दरीमा स्वतन्त्रको प्यानल नै विजयी
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ मा दलित सुमदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुर कामीको नेतृत्वमा निर्वाचन लडेका थिए ।
स्वतन्त्रका तीन सदस्य र एक वडाध्यक्ष पदमा उनीहरु विजयी भएका हुन् । निर्वाचनको परिणाम आएपछि उनीहरुले बाजा बजाएर जुलुस निकालेका छन् ।
धनबहादुरले २ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।
वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया