६८ किलो गाँजासहित तीन पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८।४८२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरेखोलाबाट गाँजासहित उनीहरूलार्य पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।
उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एकरएकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उनले जानकारी दिए । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उहाँको भनाइ छ ।
कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०।३४ केजी र कृष्णबहादुरका साथबाट १६।२७ केजी गाँजा बरामद भएको उनले जानकारी दिए । उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उनले बताए ।
“बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीनरतीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२।२३२ केजी औषध गाँजा बरामद भएको छ”, उनले भने ।
पक्राउ गरिएकाको साथबाट जम्मा ६८।८४२ केजी गाँजा बरामद गरिएको र तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया