म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन ।
निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ ।
निर्वाचन अधिकृत जानुका सुवेदीले पुनः मतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।
वडा नं ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधिले पुनः मतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मतभन्दा गणना भएको मत सङ्ख्या बढी भएको केसीको भनाइ छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रबार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।
पुनः मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरेका थिए । विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर गएका थिए ।
अन्नपूर्ण–१ मा एमालेका दिलीपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित भएका छन् । अन्नपूर्णको दुईवटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, कांग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र कांग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया