ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा समाजवादी विजयी
काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्ष कांग्रेसको पोल्टामा परेको छ । उपाध्यक्षचाहिँ समाजवादीले जितेको छ ।
यहाँ कांग्रेसका युक हां वीर हांगाम एमालेका केदार जंग लिम्बूलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
विजयी हांगामले २ हजार ८६९ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लिम्बुले २ हजार ७७० मत ल्याए ।
उपाध्यक्षमा एकीकृत समाजवादीकी दुर्गा प्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मतका साथ विजयी भएकी छन् ।
उनका नजिकका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले १ हजार ६५७ मत पाए ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया