अछामको ढकारीमा कांग्रेस विजयी
काठमाडौं । अछामको ढकारी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा यहाँको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद विजयी भएका छन् ।
साउदसँग धर्मबहादुर शाही र एकीकृत समाजवादीका शेरबहादुर बुढा प्रतिस्पर्धामा थिए । तर नतिजामा साउदले यी सबैलाई पछि पारेर जित दर्ज गरे ।
विजयी साउदले ३ हजार १८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धर्मबहादुर शाहीले २ हजार ५५५ र समाजवादीका बुढाले १ हजार ५९० मत कटाउन सकेनन् ।
उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भएकी छन् ।
उनका प्रतिस्पर्धीहरू बुढा २ हजार ५७३ र देभकला चलाउने खत्री १ हजार ५७८ मतमा सीमित भए ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया