भरतपुर महानगरमा कडा टक्कर, एमालेलाई चुनौती दिंदै रेनु
काठमाडौं । स्थानीय तह निर्वाचनको इपिसेन्टर भरतपुर महानगरपालिकामा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मतगणनाको सुरुवातदेखि नै कडा प्रतिस्पर्धा देखिएको भरतपुरमा निरन्तर रोमाञ्चक प्रतिस्पर्धा देखिएको हो ।
पछिल्लो अपडेट अनुसार भरतपुर मेयरमा एमालेका विजय सुवेदीले ३२४२ मत ल्याएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३२२७ मत ल्याएर पछ्याइरहेकी छिन् ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार भोट कटाइसकेका छन् । यसैले पनि भरतपुरमा मतगणनामा उनी निर्णायक हुन सक्ने देखिएको छ ।
यी दुई उम्मेदवारबीच सुरुदेखि नै कडा टक्कर देखिइरहेको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया