प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे बोले डा. शेखर
काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइराला प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे खुलेर बोलेका छन् । विराटनगरमा सोमबार भएको कार्यक्रममा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयमा विवाद बढाएकोले महाअभियोग लगाउनुपरेको बताएका हुन् ।
नोना कोइराला स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कोइरालाले न्यायालयमा निरन्तर विवाद देखिंदा पनि राणाले निकासको कुनै पहल नगरेको बताए । समस्या समाधानको लागि आफूहरुले सुझाव दिए पनि नमानेकोले महाअभियोगमै जानुपरेको उनले प्रष्ट्याए ।
नेता कोइरालाले प्रधानन्यायाधीशमात्रै नभएर प्रधानमन्नी, सभामुखसहितका जिम्मेवार पदमा बस्ने पनि उत्तिकै जवाफदेही हुनुपर्ने बताएका छन् । लोकतन्त्रलाई बलियो बनाउन विधिसम्मत चल्नुपर्ने उनले बताए । महाअभियो पारित गर्न चाहिने मतका विषयमा पनि कोइरालाले खुलेर प्रतिक्रिया दिएनन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसयता प्रधानमन्त्री एवं पार्टी सभापति देउवाका हरेक कदममा आलोचनात्मक टिप्पणी गर्दै आएका कोइरालाले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगमा भने देउवालाई साथ दिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया