अनि देउवा टेम्पो चढे …
काठमाडौं । एकदिने कार्यक्रमका लागि आज धरानमा पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा टेम्पो चढेका छन् ।

फोहरबाट निकालिएको ग्यासबाट चल्ने टेम्पो र सफारीको उद्घाटन गर्दै देउवा यसैमा हुइकिएका हुन् । उनले टेम्पोमै धरान बजार घुमे ।
उक्त ग्यास धरान उपमहानगरपालिकाले फोहरमैलाबाट निकालेको हो ।
उद्घाटनका क्रममा प्रधानमन्त्री देउवा धरान– ६ स्थित पानबारी रहेको फोहोर प्रशोधन केन्द्र पुगेका थिए ।

‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले फोहोर प्रशोधन केन्द्रको निर्माण गरेको हो ।
यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भनिएको थियो । तर, कोरोना महामारीका कारण लागत २६ करोड पुगेको थियो ।
यो केन्द्रबाट दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ ।

यसै ग्यासबाट अब धरानका टेम्पो र सफारी चल्नेछन् । अब यसले धरानको सरसफाइमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, १४:४४:००
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया