टि-२० सिरिजमा युगान्डासँग भिड्दै नेपाल
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डासँग टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत साेमबार पहिलाे खेल खेलिरहेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । युगान्डाले १६ ओभरमा ४ विकेटको क्षतिमा ७० रन कटाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको उक्त सिरिज यही जेठ ७ गतेसम्म चल्नेछ । नेपाल र युगान्डाबीचको दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ । त्यसैगरी चौथो खेल जेठ ६ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया