गायक राजु लामाले गरे सगरमाथा आरोहण
काठमाडौं । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनले आज बिहान सगरमाथा आरोहण गरेका हुन् ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामासहित २७ जनाको आरोही टोली बिहान ६ बजेर ४० मिनेट जाँदा चुचुरोमा पुगेका थिए । लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया