बालेनको चुनावी नतिजामा खसी बाजी राख्ने दुई पक्राउ
खोटाङ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन्द्र शाह बालेनले निर्वाचनमा जित्ने वा हार्ने भन्ने विषयमा खसी बाजी राखेका दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तो बाजी गैरकानुनी भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
शाहले निर्वाचन जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र उनी पराजित भए फुयालले खड्कालाई खसी दिनु पर्ने बारेमा दुवै जनाले गरेको तमसुक सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उनीहरुले स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा बाजी राखेका थिए ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया