‘कांग्रेस कार्यकर्ता’ले च्याते मतपत्र, गणना स्थगित
काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर र माओवादी बदनाम भयो । त्यसको कारण थियो, माओवादीबाट भरतपुर महानगरपालिकामा मतपत्र च्यातिनु ।
भरतपुर दोहोरिने यस्तै भयले यसपटक निर्वाचन आयोगले सतर्कता अपनाएको छ । तथापि, ओखलढुंगामा अघिल्लाे पटक भरतपुरमा जस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ ।
त्यहाँको चिसंखुगढी गाउँपालिकामा पतपत्र च्यातिएको हो । विपक्षीले कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएका छन् । तर कांग्रेसले आरोपबारे केही बताएको छैन ।
मतपत्र च्यातिएपछि अहिले त्यहाँको मतगणना प्रभावित भएको छ ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया