सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । आइतबार घटेको सुनको मुल्य मंगलबार सामान्य बढेको छ । सोमबार बुद्धजयन्तीको अवसरमा सार्वजनिक विदा परेकाले सुनचाँदीको कारोबार भएको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेर ९६ हजार ५०० मा कारोबार भएको थियो ।
त्यस्तै आइतबार प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबारको लागि ९६ हजार २ सय रूपैयाँ तोकिएको छ । आइतबार चाँदी १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँ बढेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया