सुध्रिएन सेयर बजार, ८४ अंकले नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट

काठमाडाैं । स्थानीय तह निर्वाचनको समयमा सेयर बजार बढ्छ भनेर आंकलन गरेपनि बढ्न सकेन । अहिले निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।चुनावपछि आजै खुलेको बजारले लगानीकर्तालाई उत्साहित भने बनाउन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ८४.९० अंकले २२६५.५२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १४.२७ अंकले घटेर लागेर ४३९.६९ अंकमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कूल २२१ कम्पनीको ३५ लाख ९५ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४ लाख ५० हजार २३९ रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका १३ वटा उपसमूहमको नै सेयर घटेको छ । आज अन्य उपसूमहले सबैभन्दा बढी ५.८३ अंकले घटेको छ । त्यस्तै वित्तको ५.७५, हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको छ ।
अन्य उपसमूहरूमा जीवन बीमा कम्पनी ४.९८, नीर्जीवन बीमा कम्पनी ४.६९, विकास बैंक ४.१ प्रतिशले घटेको छ । लगानी ३.३७, व्यापार २.९५, लघुवित्त २.९८, होटल तथा पर्यटन २.५८, बैंकिङ २.३९, उत्पादन २.०२ र सामूहिक लगानी कोष १.५८ प्रतिशले घटेको छ ।
कारोबारका आधारमा जाल्पाको सबैभन्दा बढी ९ करोड ७९ लाख ९ हजार ५१३ रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै अरूण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड ७९ लाख ५१ हजार। १२७ रूपैयाँको कारोबार भएको छ ।
आज सानिमा लघुवित्त वित्तिय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै ४.९६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै बार्टर्स नेपालका लगानीकर्ताले २ प्रतितशका दरले गुमाएका छन् ।
नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया