भरतपुरको मतगणना थप रोचकतातर्फ : रेनुलाई ६ सय मतको अग्रता
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रतालाई थप बलियो बनाउँदै लगेकी छिन् । एमालेका विजय सुवेदीलाई दाहालले ६०१ मतले पछि पारेकी हुन् । यस अघि विजयले थाेरै मतले अग्रता लिएका थिए ।
तर रेनुले अग्रता लिन थालेपछि अग्रता थप बलियाे बनाउँदै लगेकी हुन् ।
२२६८६ मत गनिसक्दा रेनुले ७८५७ मत प्राप्त गरेकी छिन् । पछि परेका सुवेदीले ७२५६ ल्याएका छन् ।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले ३७०९ ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९४७९ मत ल्याएका छन् । एमालेको सहयोगमा उठेकी राप्रपाकी हिमला गुरूङले ६ हजार मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
-
संविधान दिवस मनाइँदै
-
होर्मुज नाकाबन्दीपछि ओमानबाट तेल निर्यातको नयाँ बाटो, जहाजबाट जहाजमै तेल स्थानान्तरण
-
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय


प्रतिक्रिया