इलाममा ३० वर्षपछि फर्कियो कांग्रेस
इलाम । इलाम नगरपालिकाको प्रमुख पदमा ३० वर्षपछि नेपाली कांग्रेस फर्किएको छ । नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतले विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले १३ हजार ५ सय ४२ मतसहित विजयी भएकी छन् ।
प्रमुखमा नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए र उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।
इलाम नगरपालिकामा वि.सं. २०४९ सालको स्थानीय निर्वाचनपछि अहिलेसम्म कांग्रेसले जित भएकाे थिएन । नगरपालिकाकाे १२ वटा वडामा ९ वटामा कांग्रेस विजयी भएकाे छ । त्यस्तै बाँकी ३ वटामा एमाले विजयी भएकाे छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया