इलाममा ३० वर्षपछि फर्कियो कांग्रेस
इलाम । इलाम नगरपालिकाको प्रमुख पदमा ३० वर्षपछि नेपाली कांग्रेस फर्किएको छ । नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतले विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले १३ हजार ५ सय ४२ मतसहित विजयी भएकी छन् ।
प्रमुखमा नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए र उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।
इलाम नगरपालिकामा वि.सं. २०४९ सालको स्थानीय निर्वाचनपछि अहिलेसम्म कांग्रेसले जित भएकाे थिएन । नगरपालिकाकाे १२ वटा वडामा ९ वटामा कांग्रेस विजयी भएकाे छ । त्यस्तै बाँकी ३ वटामा एमाले विजयी भएकाे छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया