रिभर फल्स पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । रिभर फल्स पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आइपिओमामा लगानीकर्ताले आज ५ कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आइपिओमा मागभन्दा मंगलबार ५ बजेसम्ममा ६.९३ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले गत बुधबार (वैशाख २८) देखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको हो । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया