श्रीलंकाका राष्ट्रपतिविरुद्ध विपक्षीको अविश्वास प्रस्ताव संसदबाट अस्वीकार
कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेविरुद्धको अविश्वास प्रस्तावमाथि मंगलबार भएको मतदानमा संसदमा मंगलबार ११९ सांसदले विपक्षमा मतदान गरेका छन् । यससँगै विपक्षीहरूले राष्ट्रपतिविरूद्ध पेश गरेको अविश्वासको प्रस्ताव विफल भएको छ ।
विपक्षी दल तामिल नेशनल एलायन्स (टीएनए) का सांसद एमए सुमनथिरणले राष्ट्रपतिविरुद्धको अविश्वासको प्रस्तावमा कुल सांसदमध्ये प्रस्तावको पक्षमा ६८ सांसदले मात्र मतदान गरेका थिए ।
समागी जना बालावेगया (एसजेबी) सांसद हर्ष दे सिल्भाले अन्य सांसदमध्ये नवनिर्वाचित प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले पनि प्रस्तावको विपक्षमा मतदान गरेको बताए । प्रस्तावको विपक्षमा ११९ र पक्षमा ६८ मत परेकाले प्रस्ताव विफल भएको हो ।
उनले यो खराब संसदीय रणनीति भएको र विपक्षमा भएको भए पनि स्थेन्थ अर्डरलाई निलम्बन गर्ने विपक्षमा मतदान गर्ने कुरा पनि बताए ।
पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेले राजिनामा प्रस्ताव गरे लगत्तै राष्ट्रपति गोटाबाया राजपाक्षेको राजिनामाको माग प्रदर्शनकारी समूहले गरिरहेको समयमा राष्ट्रपतिविरूद्ध अविश्वासको प्रस्ताव गरिएको थियो ।
खाद्य तथा इन्धनको अभाव, बढ्दो मूल्य वृद्धि र बिजुली कटौतीका कारण देशले खराब आर्थिक संकटको सामना गरिरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया