सुनको मुल्य ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार ९ सय रूपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया