राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २ वर्ष अवधिको लागि विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नगारिकले बोलकबोल पेश गर्न पाउनेछन् । बोलकबोल जेठ ५ गते दिउँसो ३ बजेसम्म हुने छ भने जेठ ६ गते निष्कासन हुने छ । उक्त ऋणपत्रको साँवा भुक्तानी अवधि भने २०८१ जेठ ६ गते रहेको छ ।
ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गर्नुपर्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अति प्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया