राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २ वर्ष अवधिको लागि विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नगारिकले बोलकबोल पेश गर्न पाउनेछन् । बोलकबोल जेठ ५ गते दिउँसो ३ बजेसम्म हुने छ भने जेठ ६ गते निष्कासन हुने छ । उक्त ऋणपत्रको साँवा भुक्तानी अवधि भने २०८१ जेठ ६ गते रहेको छ ।
ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गर्नुपर्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अति प्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया