सत्ताको दुरूपयोग गरी पैसाको चलखेल भयो : विजय सुवेदी
काठमाडौं । एमाले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले मतपरिणामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार सञ्चारकर्मीलाई भरतपुरमा संक्षिप्त प्रतिकृया दिँदै उनले गठबन्धनले सत्ताको दुरूपयोग गरी व्यक्ति व्यक्तिलाई पैसा बाँडेको आरोप लगाए ।
‘सत्ताको दुरूपयोग गरी व्यक्ति व्यक्तिलाई पैसा बाँडियो । महानगरमा विकास भएकै छैन’, उनले भने, ‘पैसाको चलखेल भयो भन्ने मेरो अनुमान छ । विभिन्न आमासमूहमार्फत हात–हातमा पैसा बाँडिएकोले सोचे अनुसारको चुनावी परिणाम आएको छैन ।’
उनले आफूलाई सर्वसम्मतरूपमा पार्टीले मेयरको उम्मेदवार बनाएको जिकिर गर्दै उनले महानगरको मेयर बन्नकै लागि प्रदेशसभा सदस्यबाट राजीनामा नदिएको दावी गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया