महिला क्रिकेट : युगान्डा र नेपालबीच खेल हुँदै
काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुवातमा ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदै छ ।
पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २-० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ एघारमा कप्तान रुबिना क्षेत्री, ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, रोमा थापा, सरिता मगर, कविता जोशी, सङ्गीता राई, सबनम राई, डली भटू र विन्दु रावल रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया