बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
बझाङ । बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी) ले एक स्थानीय तहमा जित हासिल गरेको छ ।
कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले जित हात पारेको छ ।
यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले पाँच, एमालेले दुई, माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ । कांग्रेस सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमाले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्र खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।
जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया