कैलारीमा कांग्रेस निर्वाचित
काठमाडौं । कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरिन् ।
३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया