काठमाडौंमा मिनी टाटाले लियो पैदल यात्रीको ज्यान
काठमाडौं । थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको आज बिहान मृत्यु भएको हो ।
मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया