पाकिस्तानमा विलासिताका सबै वस्तुको आयातमा प्रतिबन्ध
इस्लामाबाद । पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।
यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।
पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो ।
त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका थिए ।
मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया