अमेरिकी उपमन्त्री काठमाडौंमा

काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए ।
। उनले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री जेयाको भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी छिन् ।
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया