हायात होटलमा ८५ करोडको डिल, कांग्रेस नेतासहित आठ पक्राउ
काठमाडौं । यूरेनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसका नेता नवराज महतसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको बिशेष ब्यूरोले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरी त्यसमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
सो यूरेनियम भारतमा बिक्रिका लागि प्रतिकेजी ३५ करोडमा डिल भएको थियो । साढे दुई किलोको करिब ८५ करोड रुपैयाँमा कारोबारको डिल भएको प्रहरीको दाबी छ । सुरुमा प्रहरीले महत र भूपेन्द्र खड्कालाई पक्राउ गरेको थियो ।
थप ६ जना पछि पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । महत ललितपुर कांग्रेसका नेता हुन् ।
पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, जिवछ नारायण यादब, महोत्तरीका सुरेन्द्र चौरी, भारतका उपेन्द्र कुमार मिश्र र महोत्तरीका राजु ठाकुर छन् ।
उनीहरुबाट बा ५ च ८२०९ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई ‘रेडियोधर्मी पदार्थ ९उपयोग तथा नियमन० ऐन, २०७७ अन्र्तगत मुद्धामा ७ दिनको म्यादथप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया