युक्रेनी सेनाले आत्मसर्पण गर्यो, मरिउपोल सहर रुसको पूर्ण नियन्त्रणमा
किएभ । रुसले महिनौंको लडाइँपछि युक्रेनको तटीय सहर मरिउपोल कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरे पछि रूसी अधिकारीहरूले मरिउपोल कब्जाको लागि अजोभस्टल स्टिल प्लान्टमा अन्तिम युद्ध चलिरहेको बताएका छन् ।
महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमा रुसविरूद्ध प्रतिराेध गरिरहेकाे थियाे । तर शुक्रबार आत्मसमर्पण गरेपछि मरिउपोल रुसको नियन्त्रणमा गएको छ ।
रुसको रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकले उक्त प्लान्ट छोडेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसको घोषणाको पुष्टि गरेका छन् । प्लान्टमा रहेका बाँकी अन्तिम सुरक्षाकर्मीलाई पनि जान अनुमति दिइएको उनले बताए ।
उनले शुक्रबार युक्रेनी टिभी च्यानलमा भने, ‘लडाकुहरुले सैन्य कमाण्डबाट सुरक्षित रुपमा सहरबाट बाहिर निस्किन सक्ने स्पष्ट संकेत पाएका छन् ।’
युद्धका क्रममा स्टिल प्लान्ट पूर्ण रूपमा बन्द गरिएको थियो । रुसी सेनाले प्लान्टभित्र रहेका मानिसलाई मानवीय सहायतालाई पुर्याउन रोकेको थियो । त्यहाँ अझै पनि हवाई आक्रमण पनि भइरहेको छ । रुसी सेनाले युक्रेनी सुरक्षा बललाई आत्मसर्पण गर्न आग्रह गरेको थियो ।
रुस र युक्रेनबीच यस वर्ष फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया