एमसिसीविरुद्ध बुधबार नेपाल बन्द
काठमाडौं । ६ वटा कम्युनिस्ट घटकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध बुधबार नेपाल बन्द घोषणा गरेको छ ।
सम्भवत भोलि (बुधबार) एमसिसी संसद्मा टेबल हुने भएकाले त्यसैलाई लक्षित गर्दै विभिन्न साना दल तथा मोर्चाले नेपाल बन्दको आयोजना गरेका हुन् ।
नेपाल आह्वान गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) छन् ।
यी दल र संगठनमा मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल आहुति, ऋषि कट्टेल, गोपाल किरातीजस्ता नेताले नेतृत्व गरेका छन् । नेत्रविक्रम चन्द विप्लवबाट छुट्इिर गएको संगठन पनि यसम समावेश छ ।
एमसिसी राष्ट्रघाती परियोजना भएकाले कुनै पनि हालतमा यो पारित गर्न नहुने ६ घटकको ठहर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया