मकवानपुरमा भ्यान दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते
काठमाडौं । मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको दुर्घटनामा भने ४ जना घाइतेसमेत भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र एक १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
मृतकहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया