बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन
काठमाडौं । स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति शनिबार विमोचित भएको हो ।
शिखा बुक्स प्रालिले बजारमा ल्याएको यो पुस्तकको विमोचन प्रा डा जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल र लेखक डा बरालले संयुक्त रूपमा गरेका थिए ।
प्रा डा आचार्यले डा बरालका निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्धहरू हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा डा पराजुलीले यो पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन नवीन सिकाइ थपिँदै जाने बताए । पूर्वसचिव थापाले सरल भाषामा जीवनका भोगाइलाई डा बरालले यसपूर्वका पुस्तकमा व्यक्त गरेको सन्दर्भ उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया